"Slogan goes here"

हाम्रो उद्देश्य

प्रतिष्ठानको उद्देश्य देहाय बमोजिम रहेको छः

१. राष्द्रको सर्वाङ्गीण विकासको आधारशीला शिक्षालाई ग्रामीण क्षेत्रमा अझ व्यापकता प्रदान गर्दै शिक्षा विकासमा ग्रामीण जनसमूदायलाई अभिप्रेरित गर्ने;

२. शिक्षाको विकासबाट राष्द्रको सामाजिक, आर्थिक तथा शैक्षिक उन्नति गरी जनसाधारणको जीवनस्तरमा सुधार ल्याउने;

३. बिद्यालय तहका बालबालिकालाई आर्थिक सहयोग (पुरस्कार) प्रदान गरी शिक्षा विकासमा जनचेतना अभिबृद्धि गर्ने;

४. समाजमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति लगायत सामाजिक बिकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, तालिम तथा परामर्श सेवा प्रदान गर्ने;

५. देशभित्र बोलिने भाषा, साहित्य र कलाको क्षेत्रमा अध्ययन, अनुसन्धान, तालिम तथा परामर्श सेवा प्रदान गर्ने;

६. सामाजिक रुपान्तरणको लागि शिक्षा, स्वास्थ्य, कृषि, संचार, वातावरण सम्बन्धी क्षेत्रमा सचेतनामुलक, प्रबर्धनात्मक, प्रचारात्मक तथा सहयोगात्मक कार्य गर्ने, गराउने;

७. युबा लक्षित स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी युवा शक्तिलाई पलायन हुनबाट रोक्ने कार्यक्रम सञ्चालन गर्ने;

८. स्वदेशी तथा बिदेशी संघ संस्थासंगको समन्वय, साँझेदारी तथा सहकार्यमा जनचेतनामूलक स्वास्थ्य तथा पोषण सम्बन्धी कार्यक्रम, उपभोक्ता हित संरक्षण तथा उपभोक्ता जागरण सम्बन्धी कार्यक्रम, फोहोरमैला ब्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने,

९. धार्मिक, साँस्कृतिक क्षेत्रको प्रबर्धनका लागि जनचेतनामूलक तथा प्रबर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने;

१०. मानव अधिकार, बाल अधिकार, महिला अधिकार, महिला सशक्तिकरण तथा लक्षित बर्ग समुदायको सशक्तिकरण एवं सामाजिक न्यायका लागि क्षमता अभिबृद्दिका कार्यक्रम सञ्चालन गर्ने;

११. सुशासन प्रबर्धन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गरी समाजमा जनचेतना अभिबृद्दि गर्ने;

१२. बिबिध क्षेत्रसंग सम्बन्धित बृत्तचित्र निर्माण गरी प्रबर्धनात्मक कार्य गर्ने

१३. बिभिन्न किसिमका तालिम, गोष्ठी तथा सेमिनारको आयोजना गरी समसामयिक बिषयवस्तु माथि अन्तरकृया, छलफल तथा कार्यशाला आयोजना गर्ने, गराउने

ताजा जानकारी

१८ असार
२०८०

ट्रष्टको आगामी कार्यक्रम सम्बन्धी सूचना

पुरा पढ्नुहोस्
१८ असार
२०८०

वार्षिक साधारण सभा सम्बन्धी सूचना

पुरा पढ्नुहोस्